back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २८ मंगलवार

837 

shares

२८ पुस, काठमाडौं । नेपालमा मंगलबार (२८ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ९२ हजार ५५५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ३०० नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,४०८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा २,१२८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २२८० रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १५७ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ६२, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेश र सुदूरपश्चिममा २÷ जना गरी जम्मा १५७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिममा २ गरी जम्मा ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला ताप्लेजुङ, रुकुम पश्चिम, मुगु र बाजुरा रहेको छ ।

आज थपिएका ४३० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । साथै आज ३९० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९३२ पुगेको छ ।

आज देशैभरी थपिए ४३० कोरोना संक्रमित, ३९० जना संक्रमणबाट मुक्त, ५ जनाको मृत्यु

नेपालमा आज देशैभरी ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३०० वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २५९ जनासहित देशैभरी ४३० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १७७ र २५३ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १३ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा २८७ जना, गण्डकी प्रदेशमा १६ जना, लुम्बिनी प्रदेशमा९४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।

आज थपिएका ४३० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २,२८० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ६, बागमती प्रदेशमा १८११ गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा २२८, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा १२३ जना गरी २२८० जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा २,१२८ जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ नेपालमा २७ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २८ मंगलवार १७:१६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...