back
CTIZAN AD

ओली पक्षमा लागेका पूर्वमाओवादी नेतालाई प्रचण्डको प्रश्न : जनयुद्धलाई कुहेको फर्सी भनेको कसरी सुन्न सकेको ?

वि.सं.२०७७ पुस २८ मंगलवार

771 

shares

पुस २८, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली पक्षमा लागेका पूर्वमाओवादी नेताको आलोचना गरेका छन् । ओलीले जनयुद्धप्रति गरेको टिप्पणीलाई पूर्वमाओवादी नेताहरुले सहर्ष स्वीकार गरेको भन्दै आलोचना गरेका हुन् ।

ओलीले माओवादी जनयुद्धलाई ‘कुहेको फर्सी’ भनि गरेको टिप्पणीप्रति प्रचण्डले आक्रोश पोखे । उनले ओली पक्षमा लागेका पूर्वमाओवादी नेताको आलोचना गरे ।

‘माओवादी जनयुद्धमा संलग्न भएका केही साथीहरु अहिले केपी ओलीसँग जानुभएको छ, मलाई लाज लागेको छ उहाँहरुलाई सम्झिँदा’, पोखरामा आफुँ पक्षीय नेकपाको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनयुद्ध भनेको कुहेको फर्सी हो भनेको सुन्न उहाँहरुले सकेको कसरी हो ?’

उनले नेकपाको राजनीतिक प्रतिवेदनमा समेत माओवादी जनयुद्धले परिवर्तन ल्याउनमा मुख्य भूमिका खेलेको भनि लेखिएको र ओलीले समेत हस्ताक्षर गरेको बताए । उनले ओलीलाई हस्ताक्षर कृते हो भनि प्रश्न पनि गरे ।

भिडियाेमा हेर्नुहाेस् प्रचण्डकाे सम्बाेधन

‘के माओवादी जनयुद्धले यो परिवर्तनमा भूमिका खेलेको भनेर केपी ओलीले गरेको हस्ताक्षर कृते हो ? यदि त्यसो होइन् भने त्यो बेइमानी हो, विचार र सिद्धान्तप्रति गरिने घात हो, यो स्वीकार्य छैन्, यो कम्युनिष्टहरुलाई स्वीकार्य छैन्’, उनले भने ।

उनले ओली पक्षमा लागेका पूर्वमाओवादी नेताहरुलाई माओवादी जनयुद्ध कुहेकै फर्सी होत भनि प्रश्न गर्न आफुँ पक्षीय नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेका छन् । उनले ओली पक्षमा लागेका पूर्वमाओवादी नेताहरुले जनयुद्धबारे आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘साथीहरु जो प्रतिगमनको साँक्षी भएर बस्नुभएको छ, जो प्रतिगमनको साँक्षी बस्नुभएको छ, उहाँहरुको पनि त्यहि भनाई हो ? म तपाईँ प्रत्येकलाई त्यहि प्रश्न सोध्नको निम्ति अपिल गर्न चाहन्छु, तपाईँहरु सोध्नुस, के जनयुद्ध कुहेकै फर्सी हो त ?’

वि.सं.२०७७ पुस २८ मंगलवार १६:४७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...