back
CTIZAN AD

आज देशैभरी थपिए ४३० कोरोना संक्रमित, ३९० जना संक्रमणबाट मुक्त, ५ जनाको मृत्यु

वि.सं.२०७७ पुस २८ मंगलवार

711 

shares

२८ पुस, काठमाडौं । नेपालमा आज देशैभरी ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३०० वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २५९ जनासहित देशैभरी ४३० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १७७ र २५३ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १३ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा २८७ जना, गण्डकी प्रदेशमा १६ जना, लुम्बिनी प्रदेशमा९४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।

आज थपिएका ४३० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।

२४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण, ५२७ निको, १० जनाको मृत्यु

वि.सं.२०७७ पुस २८ मंगलवार १६:४७ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...