back
CTIZAN AD

कोभिड–१९ पछि पहिलोपटक ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै

वि.सं.२०७७ पुस २८ मंगलवार

843 

shares

काठमाडौँ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहेका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।

कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोेलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिए । “कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उनले भने दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उनको भनाइ छ । सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उनले सरकारलाई धन्यवाद समेत दिए ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सिङ्गो फिल्म क्षेत्रलाई बचाउनका लागि नयाँ फिल्म प्रदर्शन गर्न लागिएको बताउनुभयो । चलचित्र निर्माण तथा सञ्चालनका लागि अपनाइने स्वास्थ्य मापदण्ड चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले सरकारलाई बुझाइसकेको उहाँको भनाइ छ । अध्यक्ष अधिकारीले लामो समय बन्द रहेको चलचित्र हल खुले पनि फिल्म उद्योगले बन्दाबन्दीको समयमा व्यहोर्नु परेको समस्याका बारेमा सरकारसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्नुभयो । हाल नेपालभर २५० भन्दा बढी चलचित्र हल सञ्चालन छन् ।

वि.सं.२०७७ पुस २८ मंगलवार १६:४६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...