back
CTIZAN AD

२४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण, ५२७ निको, १० जनाको मृत्यु

वि.सं.२०७७ पुस २७ सोमवार

774 

shares

२७ पुस, काठमाडौं । नेपालमा आज देशैभरी ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३०९ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ३१४ जनासहित देशैभरी ४८८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १९२ र २९६ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १९ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा ३५६ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा ५६ र सुदूरपश्चिम प्रदेशमा ९ जना रहेका छन् ।

आज थपिएका ४८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५२७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९२७ पुगेको छ । पछिल्ला केहि दिन यता घट्दै गएको मृतकको संख्यामा आज वृद्दि भएको हो ।

२४ घण्टामा देशैभरी थपिए २५९ कोरोना संक्रमित, ५१३ जना निको, ५ जनाको मृत्यु

वि.सं.२०७७ पुस २७ सोमवार १५:५७ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...