२६ पुस, काठमाडौं । नेपालमा आज देशैभरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २८६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १२६ जनासहित देशैभरी २५९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९९ र १६० जना पुरुष रहेका छन् ।
संक्रमित थपिनेमा प्रदेश १ मा १७ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा १४१ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा ३९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ३१ जना रहेका छन् ।
आज थपिएका २५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।
त्यसैगरी आज देशैभरी ५१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९१७ पुगेको छ ।
वि.सं.२०७७ पुस २६ आइतवार १६:४६ मा प्रकाशित






























