back
CTIZAN AD

विजय शान्ति सहकारीमा नयाँ कार्यसमिति

वि.सं.२०७७ पुस २६ आइतवार

723 

shares

२६ पौष, काठमाडौं । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले जयन्द्रमान सिं बनियाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा त्रिरत्न तुलाधर, सचिवमा वृद्धिमान शाक्य र कोषाध्यक्षमा पूर्णरत्न बज्राचार्य निर्वाचित भएका छन् भने सदस्यहरुमा त्रिरत्न मानन्धर, दुर्गा शाक्य र कमला देउजा कंसाकार निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा रजनी ताम्राकार तथा सदस्यहरुमा सुशीला शाक्य र चिनीमैंया मानन्धर चयन भएका छन् ।

साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाको आर्थिक वर्ष २०७७/७८ को भदौ मसान्तसम्ममा कुल बचत निक्षेप रु ११ करोड ३९ लाख ५० हजार, कुल कर्जा सापटी रु ७ करोड ३९ लाख ७५ हजार र कुल लगानी रु ३ करोड ८२ लाख ५ हजार पुगेको छ ।

अध्यक्ष बनियाले संस्थाले कर्जा असुलीमा वृद्धि गर्नाका साथसाथै लगानीमा पनि वृद्धि गर्न सकेको बताए । उनका अनुसार गत आवमा कार्य सञ्चालनबाट रु ३९ लाख ३६ हजार आय भएकामा सञ्चालन खर्च, कर्मचारी तलब र जोखिम कोष समेतको व्यवस्था गर्दा रु ८ लाख ८६ हजार न्यून हुन पुग्यो । संस्थामा ६० जना शेयर धनी रहेका छन् । रासस

वि.सं.२०७७ पुस २६ आइतवार १६:४० मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...