back
CTIZAN AD

काँग्रेसको केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रवास संयोजकमा गंगाधर गौतम नियुक्त

वि.सं.२०७७ पुस २६ आइतवार

765 

shares

२६ पुष । नेपाली कांग्रेसको केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रवास संयोजकमा हाल बेल्जियममा रहँदै आएका गंगाधर गौतम नियुक्त भएका छन् ।

प्रतिष्ठानका प्रमुख एबम् नेपाली काँग्रेसका केन्द्रिय उपसभापति बिमलेन्द्र निधीले गौतमलाई नेपाली काँग्रेससँग आबद्ध विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुमा प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका तर्फबाट नीति, अनुसन्धान तथा प्रशिक्षण सम्बन्धी कार्य गर्न गराउन र समन्वय गर्न प्रवास संयोजक पदमा नियुक्त गरिएको पत्रमार्फत जानकारी गराएका छन् ।

यसअघि प्रतिष्ठानको सदस्यको जिम्मेवारीमा रहेका गौतमलाई जनसम्पर्कसमिति कायम रहेका सबै देशमा एक/एक जना शाखा प्रमुख नियुक्त गरी आवश्यक कार्य गराउने अधिकारसमेत प्रत्यायोजन गरिएको पनि पत्रमा उल्लेख छ ।

‘प्रतिष्ठानका प्रमुख, कार्यकारी निर्देशक र सम्बन्धीत निर्देशकको निर्देशन, समन्वय र सम्पर्कमा रही पार्टीको हितमा प्रतिष्ठानको कार्य गर्न गराउनु होला ।’ निधिद्वारा जारी पत्रमा उल्लेख छ ।

नेपाली काँग्रेस केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको प्रवास संयोजकको जिम्मेवारीमा आफूलाई मनोनयन गरेकोमा गौतमले पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एबम् प्रतिस्ठानका प्रमुख बिमलेन्द्र निधीलगायत सिङ्गो नेपाली काँग्रेस केन्द्रिय समितीप्रती सम्मान प्रकट गर्दै हार्दिक आभार प्रकट गरेका छन् ।

उनले ‘पार्टीले संगठन निर्माणका लागि दिएको यस महत्वपुर्ण जिम्मेबारीलाई सिङ्गो पार्टी, प्रतिस्ठान र आदरणीय पार्टिका नेताहरूको निर्देशन र समन्वयमा रहि बिश्वभर रहेका सम्पुर्ण नेपाली जनसम्पर्क समितिहरु र लोकतन्त्रबादी एबम् नेपाली डायस्पोरासंग मित्रबत रुपमा पार्टिको बिचार र आदर्शलाई प्रशिक्षण एबम् घनिभूत छलफलबाट थप उचाईमा पुर्याउन हरपल प्रयत्नसिल रहने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

वि.सं.२०७७ पुस २६ आइतवार १६:४७ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...