back
CTIZAN AD

होबार्ट हुरिकेन्स पराजित भएसँगै यस्तो बन्यो बिग ब्यास लिगको अकं तालिका

वि.सं.२०७७ पुस २९ बुधवार

942 

shares

२९ पुष, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत हिजो भएको खेलमा पर्थ स्कोर्चसले सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १३९ रनमात्र बनाएको थियाे । होबार्टका लागि ब्याटिङ्गमा डार्सी शटले सर्वाधिक ५७ रन बनाएका थिए भने पर्थका लागि बलिङ्गमा एरण हार्डीले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक २ विकेट लिएका थिए ।

होबार्टले दिएको १४० रनको लक्ष्य पर्थ स्कोर्चसले १६.२ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । पर्थ स्कोर्चसका लागि जेसन रोयले सर्वाधिक ७४ रन बनाएर थिए भने लियाम लिभिंगस्टोन ५४ रनको पारी खेलेर आउट भएका थिए । होबार्टका लागि १ मात्र विकेट स्कोट बोल्याण्डले हात पारेका थिए । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले हिजोको खेलमा ४ ओभरमा कोट पनि पुरा गर्न पाएनन् । उनी ३ ओभरमा २३ खर्चेर विकेट विहीन रहेको थिए ।

जितसँगै पर्थ स्कोर्चस १० खेलबाट २० अकं जोड्दैँ अकं तालिकामा होबार्टलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ भने होबार्ट हुरिकेन्स पाचौँ स्थानमा झरेको छ । त्यसैगरि पहिलो स्थानमा रहेको सिड्नी सिक्सर्सको ९ खेलबाट २५ अकं रहेको छ भने दोस्रो स्थानमा रहेको सिड्नी थन्डर्सको २३ अकं रहेको छ ।

चौथौ स्थानमा २० अकं सहित एडिलेड स्टाइकर्स रहेको छ भने ब्रिसबेन हिट र मेलबर्न स्टार्स १६/१६ अकं सहित छैठौँ र सातौँ स्थानमा रहेका छन । अकं तालिकाको आठौँ स्थानमा रहेको मेलबर्न रेनेगेडर्सको ९ अकं रहेको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार ०९:५० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...