back
CTIZAN AD

संवैधानिक इजलास पुनर्गठन : कार्कीको ठाउँमा मल्लको इन्ट्री

वि.सं.२०७७ पुस २९ बुधवार

801 

shares

पुस २९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटको सुनुवाईका लागि गठित संवैधानिक इजलासलाई पुनर्गठन गरेका छन् । उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ललाई राखेका छन् ।

यसअघि रिटको सुनुवाईका लागि पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए । तर, कार्कीको उपस्थितिका बारेमा अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले इजलास छाड्ने घोषणा गरेका थिए ।

कार्की केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । जसका आधारमा अधिवक्ताहरुले प्रश्न उठाएका थिए ।

कार्कीको ठाउँमा इन्ट्री भएकी न्यायाधीश सपना मल्ल प्रधान संविधान सभा सदस्य हुन् । उनी तत्कालिन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् । मल्ल २०७३ सालमा सर्वोच्चको न्यायाधीशमा नियुक्ती भएकी थिइन् ।

वि.सं.२०७७ पुस २९ बुधवार १२:०५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...