back
CTIZAN AD

करातेका मन्देकाजी र पौडीवाज गौरिका वर्ष खेलाडी

वि.सं.२०७७ पुस २९ बुधवार

690 

shares

२८ पुस काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०७६ को उत्कृष्ट पुरुष वर्ष खेलाडी करातेका मन्देकाजी श्रेष्ठ र महिला तर्फ पौडी खेलाडी गौरिका सिंह घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड समारोहमा विभिन्न दश विदामा खेलाडीहरुलाई सम्मानित गरिदै आएको छ ।

प्रत्येक वर्ष एनएसजेएफले वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथ्लेटिक अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस् र एसियन जर्नालिस्ट अफ द इयर अवार्ड प्रदान गर्दै आईरहेको छ ।

कोभिड १९ का कारण सेमि भर्चुयल रुपमा सातदोबाटोस्थित कराते हलमा आयोजित अवार्ड समरोहमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिती रहेको थियो ।

समारोहमा निम्न खेलाडीहरु सम्मानित भए,

उत्कृष्ट पुरुष वर्ष खेलाडी करातेका मन्देकाजी श्रेष्ठ, उत्कृष्ट महिला वर्ष खेलाडी पौडीका गौरिका सिंह, उत्कृष्ट युवा खेलाडी गल्फर सुबास तामाङ, वर्ष प्रशिक्षक तेक्वान्दोका नवीन कुमार श्रेष्ठ, लोकप्रिय खेलाडी भलिबल टिमकी कप्तान अरुणा शाही, महिला भलिबल टिम( टिम अफ दि इअर) , स्पेशल अवार्ड तेक्वान्दोका आयशा शाक्य र एथलेटिक्सकका सन्तोषी श्रेष्ठ, लाइफटाइम एचिभमेन्ट अवार्ड टेबलटेनिस खेलाडीद्वय गीता क्षेत्री र सिजरिन शाह, पारा सम्मान अवार्ड दिगमसिंह चेम्जोङ।

समरोहमा गायक नवीन के भट्टराई र मिलन नेवारले सांगितिक प्रस्तुती दिएका थिए भने सुमन कार्कीले कमेडी प्रस्तुत गरेका थिए ।

वि.सं.२०७७ पुस २९ बुधवार १२:५६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...