back
CTIZAN AD

पर्वतको पैयुँको खोली, आज भन्दा सम्झन्छु झन भोलि

वि.सं.२०७७ पुस २९ बुधवार

798 

shares

आज २० बर्ष पुरानो सम्झनाले २० वर्षे युवा बनाएको छ । ओ.पी सेन लगायत सम्पूर्णलाई सम्झन बाध्य बनायो । सबै साथीहरुलाई नमस्कार पनि ।

काठमाण्डौबाट अभियानमा पर्वत जाँदाको त्यो दिनको सम्झना अनि भोक लागेर मुङलिङमा । ओ.पी सेन को अर्डर थियो सबैले सुन्तला बोक्रैसँग खानु पर्ने र खायौं पनि । काठमाडौं देखि रमाइलोसँग सेतिबेनी बास बस्न पुगियो, खाना बनाउन भनियो । खानामा मासु होलानी भनेर खाना बनाउनेले सोध्नु भो । नेतृत्व गरीरहनु भएका निलकण्ठ तिवारी, कृष्ण गौतम, शोभाकान्त रिजाल लगायतले मुखामुख हेर्नुभयो र दाल भात भए हुन्छ भन्नु भो किनकी हामीसँग प्रशस्त पैसा थिएन र पैसा कमाउन पनि गएका थिएनौं । खाना खायौं सुत्यौ । सुत्ने बेला हामी, नारायण काफ्ले, म, यामकला, खैसरा, विमल सल्लाह ग¥यौँ र भोलि स्कूल नखुल्दै साँस्कृतिक कार्यक्रम गर्ने निर्णय अनुसार स्कूलमा कार्यक्रम ग¥यौँ । र हिजो रातिको सादा खानाको पैसा ति¥यौँ । बडो गजब तरीकाले शालिग्राम, वाहकी, उराम, बेउलीबास, भोर्ले हिले, सरौखोला, धरादी, भुर्तेल थोक, हुँदै साँस्कृतिक कार्यक्रमका साथै जनचेतना कार्यक्रम गर्दै हुवासमा पुगियो त्यति बेलासम्म पर्वतको दक्षिण भेक पुरै सरोकारमय भएको थियो ।

बायेखोला, गहते र फुलबारीका जग्गा र बाटो बिबाद मिलाइयो पनि । त्यो बेला अनि पछिको संकटकालमा जो डुम्रेभन्जिङका सम्पूर्णले सहयोग गर्नुभएको थियो याद आइरहेको छ । धनबहादुर गुरुङ बुवाले आज पनि छोरा जस्तै मानेको अनुभूति भईरहेको छ । त्यति बेलाको हाम्रो गीत : जीवन भर बिर्सने छैन । पर्वतको पैयुको खोली, आज भन्दा सम्झन्छु झन भोलि ।।

विकास गौचनले सहयोग स्वरुप दिनु भएको निलो टोपी सयौं युवाहरुले लगाएर स्वयंसेवक बन्नुभएको थियो । त्यो माहोलमा हाम्रो अभियानलाई सहयोग गर्न तत्कालीन राजावादी देखि माओवादीहरु समेतको सहयोग थियो । ठूलो कार्यक्रम भयो र त्यो चोकको नाम के राख्ने ? भन्नेमा एकछिन छलफल भो र हातेमालो चोक नामाकरण गर्ने निर्णय भयो । ती दिन सम्झँदा हामीमध्ये १ जना हराउनु भएको जस्तो पनि लाग्छ, अनि सँगै छौं जस्तो पनि लाग्छ वहाँले त्यति बेला बोलेका के ही शब्दहरु अझै स्मरणमा छन् । वहाँले उद्घाटनको भाषणका क्रममा बोल्दै गर्दै गर्दा भन्नुभएको ‘हामी सधैं अग्रगमनतर्फ जाने हो कोही विकास विरुद्ध जान्छ भनी हामी राम्रोसँग सम्झाउँछौं । यदि थाहा पाएर अर्थात् सुनेर पनि नसुने जस्तो गर्छ भनि जनताले झिर तताएर रातो पारेका छन् तिम्रा कान खोल्छन् ।’ वहाँ आदरणीय सहिद कृष्ण गौतम हुनु हुन्छ ।

उद्घाटन गर्ने क्रममा वालिङ देखि हुवाससम्म धेरै चोटि भारी बोकेकासहित अन्य आठ जना जेष्ठ नागरिक बोलाएर उद्घाटन गराउने निर्णय गरियो र भयो पनि । हामी दिनभरीको थकानका साथ साँझ ७ बजे महेन्द्र श्रेष्ठ (जो अहिलले वार्ड अध्यक्ष हुनुहुन्छ) को घर आँगनमा बसेर रेडियो सुन्दै गर्दा हाल राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष हुनुहुन्छ, त्यतिबेला पर्बत जिल्लाका सभापति गणेश तिमिल्सिना र सांसद डिल्लीराज शर्मा लगायतले उद्घाटन गर्नुभयो भनेर समाचार आयो । सो समयमा खाटमा बसीरहनु भएका कृष्ण गौतम सर बुरुक्क उठेर आँगनमा बसीरहनु भएका शोभाकान्त रिजाल र निलकण्ठ तिवारी भएको ठाउँमा पुग्नु भो र यो के भयो भन्नु भयो । मोवाइल थिएन फोन पनि धेरै गाहो थियो । त्यसपछि निलकण्ठ जी ले कता कता प्रयास गर्नुभयो भयो र ९ बजेको समाचारमा तथ्य कुरा रेडियोले बोल्यो ।

सबै आ– आफ्नो ठाउँमा सुतियो । हाम्रो कार्यक्रम जारी नै थियो सो समयमा हाम्रो टिमलाई सहयोग गर्नु हुने सम्पूर्ण क्लब, आमा समूह, विद्यालय, बुद्धिजीवी, संघसंस्थालाई धन्यबाद दिँदै करीव १५ दिनपछि काठमाडौं फर्कियौ । काम त पूरा भएको थिएन काठमाडौंमा मिटिंग भै रहन्थ्यो । एक दिनको याद पनि थप्न मन लाग्यो । हामी निलकण्ठ जी को घरमै गएका थियौं । कुरा गर्दा गर्दै झण्डै १२ बजे छ । नजिकका साथीहरु जानु भयो । हामी पनि जाने भन्दै थियौं मिना भाउजुले त्यति टाढा नजानु गाडी पनि पाइँदैन हजुरहरुलाई त्यो कोठामा ठूलो पलङ्ग छ तिनै जना त्यही सुत्नु भन्नु भो र म, शोभाकान्त रिजाल सर र कृष्ण गौतम सर त्यही सुत्यौं । म बीचमा सुतेको थिए । २ बजेको रहेछ पलङ्गको प्लाई खस्यो । म चेपिए र उठ्ने कोसिस गर्दा कृष्ण सरले संजय जी जुन स्थितिमा हुनुहुन्छ त्यही स्थितिमा रहनु जस्तो सुकै परिस्थिति आए पनि सहज स्वीकार्नु पर्छ भन्नुभएको थियो ।

हामीले अघिल्लो दिन गरेको बैठकको निर्णय अनुसार हामीहरू टेकलाल काफ्ले, जयबल्लभ भुसाल र म पर्बत स्याङ्जाको बोर्डर नेर डुम्रेभन्जिङमा रहेको सरोकार केन्द्रको सम्पर्क कार्यालयमा बस्ने निर्णय अनुसार बसियो र मोटर बाटो बनाउन सहयोग तथा दबाब दिन थालियो । बायेखोला, गहते र फुलबारीका जग्गा र बाटो बिबाद मिलाइयो पनि । त्यो बेला अनि पछिको संकटकालमा जो डुम्रेभन्जिङका सम्पूर्णले सहयोग गर्नुभएको थियो याद आइरहेको छ । धनबहादुर गुरुङ बुवाले आज पनि छोरा जस्तै मानेको अनुभूति भईरहेको छ । त्यति बेलाको हाम्रो गीत : जीवन भर बिर्सने छैन । पर्वतको पैयुको खोली, आज भन्दा सम्झन्छु झन भोलि ।।

वि.सं.२०७७ पुस २९ बुधवार १२:३३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...