back
CTIZAN AD

प्रतिनिधि सभा विघटनविरुद्वको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु

वि.सं.२०७७ पुस २९ बुधवार

774 

shares

पुस २९, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार बिहान संवैधानिक इजलासको पुनर्गठन गरेका थिए । जबराले पुनर्गठन गरेको इजलासमा उनीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना प्रधान मल्ल छन् ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा मल्ललाई राखेका हुन् । यसअघि गत बुधबारको बहसमा सहभागी अधिवक्ताहरुले कार्कीको उपस्थितिमाथि प्रश्न उठाएका थिए । जसपश्चात कार्कीले इजलास छाड्ने घोषणा गरेका थिए ।

बुधबारको सुनुवाईमा नेकपाका तर्फबाट रिट निवेदनमध्येका एक देवप्रसाद गुरुङ पनि सहभागी छन् । नेकपाको प्रमुख सचेतकसमेत रहेका गुरुङले रिटमाथि बृहत पूर्णं इजलसाको माग गरिरहेका छन् ।

सम्बन्धित समाचार

संवैधानिक इजलास पुनर्गठन : कार्कीको ठाउँमा मल्लको इन्ट्री

वि.सं.२०७७ पुस २९ बुधवार १२:२६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...