२९ पौष, काठमाडौं । एभरेष्ट बैंकले फोन पेसँगको प्राविधिक सहकार्यबाट अनलाइनबाटै राजश्व तिर्न मिल्ने सेवाको सुरु गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव राजश्व रामशवरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तिरीक राजश्व कर भुक्त्तानी प्रणालीको डिजिटल रुपमा उद्घाटन गरिएको हो ।
हाल कोभिड १९ को महामारीलाई विचार गर्दै यस समयमा कर भुक्तानी गर्न समस्या र लामो प्रक्रियाको अन्त्य हुने बैंकले जनाएको छ।
यस बैंकको हालसम्म ११ लाखभन्दा बढी ग्राहक छन्। देशभर १०० शाखा संजाल, प्रादेशिक कार्यालय, १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
वि.सं.२०७७ पुस २९ बुधवार १३:३८ मा प्रकाशित





























