back
CTIZAN AD

पीएम कप क्रिकेटका लागि रविन्द्रको कप्तानीमा कर्णालीको टिम घोषणा

वि.सं.२०७७ पुस २९ बुधवार

687 

shares

२९ पुस, काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशले टिमको घोषणा गरेको छ । कर्णाली प्रदेशको कम्तानी युवा ब्याट्सम्यान रविन्द्रजंग शाहीले गर्ने भएका छन् ।

समूह ‘ए’ मा परेको कर्णालीले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । कर्णालीको टोलीमा रविन्द्र जंग शाही (कप्तान), निष्क्षल रावल, दिवान बाबु पुन,दिनेश अधिकारी, हिमान्शु शाही, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी,ललित प्याकुरेल, हेमन्त ओली, विपिन रावल, रुपक दाहल, युनिश विक्रम सिंह र अभिषेक बम ठकुरी रहेका छन् ।

समूह ‘ए’ मा कर्णाली प्रदेशका साथै त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लब, र प्रदेश नम्बर १ छन् । कर्णालीले माघ ४ मा त्रिभुवन आर्मीसँग मुलपानी क्रिकेट मैदानमा आफ्नो पहिलो खेल्न खेल्दै छ । त्यस्तै, समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम रहेका छन् ।

प्रतियोगिता माघ २ देखि १७ सम्म टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुने छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप विजेतासँग माघ १४ खेल्ने छभने दोस्रो सेमिफाइनलमा माघ १५ मा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उप विजेतासँग खेल्ने छ । फाइनल माघ १७ मा टीयूमा हुने छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १३:५३ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...