back
CTIZAN AD

अब समाजमा ‘टोटल वार’ चाहिन्छ

वि.सं.२०७७ पुस २९ बुधवार

714 

shares

भाषण गरेर वा मिडियामा अन्तर्वार्ता दिएर वा सडकमा प्रदर्शन गरेर वा आमसभामा मासुभात तथा पैसा बॉडेर संविधानको धारा, कानुनको धारामा कमा र रेफ पनि परिवर्तन हुने हैन। त्यहॉ जे छ छ, जे छैन छैन।

अरू सबै कुरा गरेको नेताहरूले जनतालाई उल्लु बनाउने खेति मात्र हो। अदालतलाई निर्भिक भएर न्यायनिसाफ दिन बल पुर्याउने काम जनताको हो। सत्ता, पद, पैसा र अधिकार भएकाले नै त्यसको दुरूपयोग गर्छन् वा दबाब दिने गर्छन्। सर्वसाधारणसंग के नै हुन्छ र उसले बोलेको कुरा दबाब बनोस् ।

भावुकतामा बहकिने नेपालीहरू जहिले पनि नेताहरूबाट ठगिन्छन्, ठगिदै आएका छन्।नागरिक राजनीति भावनामा हैन, कर्म अनुसार चल्नुपर्छ। गफका भरमा ताली र गाली पड्काउनेहरू सदा मूर्ख बनिरहन अभिशप्त हुन्छन्।

जनताले बोल्दा राज्यका निकायहरूका पदाधिकारीहरुका लागि सही काम गर्न आत्मबल भने बढाईदिने गर्छ। जनता जहिले पनि पदाधिकारीहरुले अफ्नो कर्तब्यपालनमा सही सत्य काम गरोस् भनेर बोलिरहनुपर्छ।

जीवन बडो रहस्यमय हुनेगर्छ। त्यस्तै मुलुकको जीवन पनि हुनेगर्छ। नेताहरूको नकारात्मक कामले पनि जनताका लागि सकारात्मक नतिजा आउने चरणमा नेपालको राजनीति अहिले छ। यस्तोमा जनता मिलेर अलिकति धक्का दियो भने वारी मरूभूमि जस्तो लाग्ने छेक्ने पर्खाल भत्किएर पारीपट्टि हरियाली भेटिने छ।

आफ्नो कर्म उल्टा गरिरहने तर फल सुल्टा खोज्ने रोगले अहिले अधिकाँश नेपालीहरु पीडित छन्। बिगत ३ दशकको कुराजनीतिले लगातार दुई युवा पुस्ताको मगजमा गिदी हैन लादी भरिदिएको छ। लादी झिकेर फाल्ने काम हाम्रा संस्कृति, नैतिकता, मूल्यमान्यता, मौलिक शिक्षाप्रणाली, राष्ट्रिय सांस्कृतिक जनजागरण, पूर्खाहरू सम्मान एवं गौरव गर्ने, आफ्नो मौलिक पहिचान र परिचय खोज्ने सोच बिकसित गरेर मात्र संभव छ। मगजमा गिदी भएकाहरू धमाधम देश छाड्न खुट्टा उचालिरहेका छन्, कैयन पलायन भइसकेका छन्।

यस्ता समस्याको कुनै राजनीतिक समाधान छैन। निरन्तरको अत्यधिक कुराजनीतिले राज्यका सबै अंग कोरोना पोजिटिभ भन्दा बढी खतरनाक रूपले संक्रमित एवं अतिक्रमित भइसकेका छन्। अब समाजमा सम्पूर्ण युद्ध अर्थात ‘टोटल वार’ चाहिन्छ। लरोतरो उपायले यस्ता भयंकर क्रोनिक रोग निवारण भएर रोगी सन्चो हुने कुनै संभावना छैन।

भावुकतामा बहकिने नेपालीहरू जहिले पनि नेताहरूबाट ठगिन्छन्, ठगिदै आएका छन्।नागरिक राजनीति भावनामा हैन, कर्म अनुसार चल्नुपर्छ। गफका भरमा ताली र गाली पड्काउनेहरू सदा मूर्ख बनिरहन अभिशप्त हुन्छन्।

म कसले के भन्छ त्यसमा मतलबै राख्दिन। कसले के काम कसरी गर्छ त्यो हेरेर आफ्नो राजनीतिक विचार र धारणालाई गतिशिल बनाउने गर्छु। यही फेकल्टीका कारणले पशु/मानिस मानव बनेको हुन्छ।

स्थीर अचलयमान पोखरीको पानी दुर्गन्धित बन्दै जान्छ। त्यस्तोमा माछा हैन, किरा/मकौडा लामखुट्टेको बास हुनेगर्छ। त्यसमा माछा त के, भ्यागुता पनि बस्दैन, बॉच्न सक्दैन।

वि.सं.२०७७ पुस २९ बुधवार १४:०३ मा प्रकाशित

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...