back
CTIZAN AD

आफ्नै बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु, एक घाईते

वि.सं.२०७७ पुस २९ बुधवार

738 

shares

२९ पुस, काठमाण्डौं । कालिकोटको नरहरिनाथ गाउँपालिका ७ मा घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको छ ।

गाउँपालिका ७ को दुधौली भन्ने गाउँका २९ वर्षीय भैरे बटालाले बुधबार विहान ३-४ बजेको समयमा घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको र एक घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर साहले संसारन्युजलाई दिएको जानकारी अनुसार रक्सी सेवन गरेर आएका बटालाले श्रीमती घरमा नभएको बेलामा आगो लगाउँदा छोराहरु १२ वर्षीय रमेश बटाला र ९ वर्षीय मन बहादुर बटालाको मृत्यु भएको हो । साथै घाईते भएका अर्का छोरा ४ वर्षीय खगेन्द्र बटालको नरहरिनाथकै स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

‘आगो लगाएपछि उनले पनि विष सेवन गरेका छन् । बोल्न सक्ने अवस्थामा छैनन् । हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ ।’ डिएसपी साहले भने ।  प्रहरीका अनुसार बटालाले यसअघि पनि रक्सी खाएर घरमा विवाद गर्ने गरेका थिए ।

वि.सं.२०७७ पुस २९ बुधवार १४:११ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...