back
CTIZAN AD

बागमती प्रदेशबाट खेल्दै ज्ञानेन्द्र र पारस

वि.सं.२०७७ पुस २९ बुधवार

684 

shares

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि वागमती प्रदेशले टिमको घोषणा गरेको छ । वागमती प्रदेशले प्रतियोगिताको लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।

माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कपमा ज्ञानेन्द्र र पारसको नाम समेटिएको हो । गत वर्ष पनि दुवै खेलाडीले बागमती प्रदेश बाट सँगै खेलेका थिए । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

बाग्मतीको टोलीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे, आदील खान, आकाश थापा, बिभत्सु थापा, रामनरेश गिरि, नन्दन यादव, गौतम केसी, सुमित झा, अरियो पौडेल, सुबाश खत्री, रिजन ढकाल, विपिन आचार्य, पवनगोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल, विशाल फुयाल, प्रतिक श्रेष्ठ, नविन यादव, तक्षक सिम्खडा रहेका छन् ।

२५ खेलाडीबाट अब अन्तिम १४ खेलाडी छनोटमा पर्ने छन् । बागमतीले पहिलो खेल माघ ४ गते पुलिसको विरुद्ध खेल्ने छ । प्रतियोगिता माघ २ देखि १७ सम्म टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुने छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १४:२२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...