back
CTIZAN AD

विप्लवका अन्तराष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

वि.सं.२०७७ पुस २९ बुधवार

1K 

shares

पुस २९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव नेकपाको अन्तराष्ट्रिय विभाग प्रमुखसमेत रहेका उनलाई बुधबार प्रहरीले ललितपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरेको हो ।

नेकपा उच्च स्रोतले जानकारी दिएअनुसार प्रहरीले धर्मेन्द्रसहित अन्य तीन जनालाई पनि पक्राउ गरेको हो । जनाइएअनुसार पक्राउ पर्नेमा विप्लव नेकपाका नेताहरु प्रकाश शाही, विवेक कुमाल र विश्वास छन् ।

प्रहरीले भने धर्मेन्द्र पक्राउ परेको विषयमा जानकारी नभएको बताएको छ ।

पक्राउ परेका धर्मेन्द्र बास्तोला विप्लव नेतृत्वको नेकपाका पाँच मुख्य नेतामध्येका एक हुन् । नेकपामा विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश वली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र सन्तोष बुढामगरसहितको ५ सदस्यीय स्थायी समिति थियो ।

प्रतिबन्धपश्चात सुदर्शन पक्राउ परेसँगै नेकपाको स्थायी समिति ४ सदस्यीय बनेको थियो । बास्तोलाको पक्राउसँगै नेकपामा मुख्य तीन नेता बाँकी छन् ।

बास्तोलाले नेकपाको अन्तराष्ट्रिय विभागसँगै पश्चिम कमाण्डको नेतृत्व पनि गर्दै आएका थिए ।

वि.सं.२०७७ पुस २९ बुधवार १६:३२ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...