back
CTIZAN AD

मूल्य बृद्धि घट्यो, बिपे्रषण आप्रबाह गत बर्ष भन्दा १०.९ प्रतिशतले बढ्यो

वि.सं.२०७७ पुस २९ बुधवार

762 

shares

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक तथा बित्तिय स्थिति सार्बजनिक गरेको छ । बुधबार केन्द्रिय बैंकले चालु आर्थिक बर्षको ५ महिना मंसिर मसान्त सम्मको आर्थिक तथा बित्तिय स्थिति सार्बजनिक गरेको हो ।

राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्याङ्क अनुसार मंसिरमा मूल्य बृद्धि २.९३ प्रतिशतमा सिमित भएको छ । यो दर गत बर्षको सोहि अबधिमा ६.५५ प्रतिशत थियो भने अघिल्लो महिना कार्तिकमा यो दर ४.०५ प्रतिशत रहेको थियो ।

गत महिना अयात ९.६ प्रतिशतले घटेको छ भने निर्यात ५.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
विप्रेषण आप्रबाह नेरुमा १०.९ प्रतिशतले बृद्धि देखिएको छ भने डलरमा ६.४ प्रशितले बृद्धि भएको छ ।

केन्द्रिय बैंकले शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड बचतमा रहेको बताएको छ ।

त्यस्तै बिदेशी बिनिमय सन्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ ।

त्यस्तै संघिय सरकारको खर्च ३ खर्ब ६ अर्ब ६६ करोड र राजश्व परिचालन ३ खर्ब १ अर्ब २३ करोड रहेको छ ।

त्यस्तै बिस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । बार्षिक बिन्दुगत आधारमा यो २२.५ प्रतिशतले बढेको छ ।

बैक तथा बित्तिय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत बढ्दा नीजि क्षेत्रको दाबी ७.९ प्रतिशतले बढेको छ । बार्षिक बिन्दुगत आधारमा निक्षेपको बृद्धिदर २१.६ प्रतिशत र नीजि क्षेत्रमाथिको दावी बृद्धिदर १३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १६:३२ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...