back
CTIZAN AD

३१ वर्षको पर्खाइपछि बल्ल सडक पाउदा स्थानीयवासी खुशी

वि.सं.२०७७ पुस २९ बुधवार

846 

shares

२९ पौष, झिमरुक । प्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन ।

आर्थिक वर्ष २०७५/०७६ र आव २०७६/७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव २०७५/७६ मा करीब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । त्यस्तै आव २०७६/७७ मा पहिरो व्यवस्थापन, सडक चौडा, सवारीसाधन जानका लागि सिलिप निर्माण र होम पाइप राखिएको श्रेष्ठले बताए ।

सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७५/७६ मा रु २१ लाख ३१ हजार र आव २०७६/७७ मा वडा कार्यालयबाट विनियोजित रु दुई लाख ८५ हजार बजेटमा सडक निर्माण सम्पन्न भएको हो । धेरै पटक सडक बनाउनका लागि बजेट विनियोजन भए पनि सही ढङ्गले काम नभएपछि आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरी दिगोरुपमा सञ्चालन हुने मनसायका साथ सडक निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताए ।

लामो समयदेखि सडकको पर्खाइमा रहेका विजयनगरका स्थानीयवासी हाल सडकको पहुँचमा पुगेका छन् । सडक निर्माण भएसँगै यस क्षेत्रका करीब तीन हजार घरधुरीका जनता प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताए । सडक निर्माणले विजयनगरसँगै विजुवार क्षेत्रका केही जनता र दाखाक्वाडी क्षेत्रका केही जनता पनि प्रत्यक्ष लाभान्वित भएको उनले बताए ।

विकास निर्माणका कामले यस ठाउँसम्म निरन्तररुपमा सवारी साधन चल्ने हुँदा स्थानीयवासीलाई थप सहजता मिलेको उनको भनाइ छ । लामो समयदेखि सडकको समस्या भोग्दै आएका यहाँका नागरिकले सडक निर्माणको काम सम्पन्नपश्चात् राहत मिलेको उनले बताए।

यस क्षेत्रमा सडक नहुनु र भए पनि साँघुरो हुँदा वर्षेनि मोटरसाइकल दुर्घटना हुनाका साथै कैयौँ व्यक्तिको ज्यानसमेत गएको थियो । नगरपालिका क्षेत्र भए पनि बजार क्षेत्रकै छेउमा रहेको सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीयवासी चिन्तित भएका थिए । “सडक नहुँदा स्थानीयवासीलाई आवातजावत गर्नसमेत समस्या थियो”, स्थानीयवासी तिलबहादुर घर्तीले भने, “लामो प्रतीक्षापछि सडक बन्यो अब समस्या हल हुने विश्वास लिएको छु ।”

सडक बनेसँगै स्थानीयवासी खुशी भएको उनले बताए । सडक सम्पन्न भएसँगै पढ्नका लागि आवतजावत गर्ने विद्यार्थीसँगै विजय नगरवासीलाई फाइदा पुगेको उनको भनाइ छ । रासस

वि.सं.२०७७ पुस २९ बुधवार १६:२८ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...