back
CTIZAN AD

पर्सामा जन्मजात मोतिविन्दुका बिरामी फेला

वि.सं.२०७७ पुस २९ बुधवार

792 

shares

२९ पुष, पर्सा । अत्यन्त दुलर्भ मानिएको जन्मजात मोतिविन्दु रोगबाट ग्रसित आठजना बिरामी पर्सा जिल्लाको विभिन्न स्थानबाट फेला परेका छन् ।

माट्रिका आई फाउन्डेशनले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १३ देखि ३१ वर्ष उमेर समूहका आठजना जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएका हुन् ।

जिल्लाका विभिन्न २८ स्थानमा फाउन्डेशनले आयोजना गरेको शिविरबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दुका रोगीमध्ये चार पुरुष र चार महिला जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएको फाउन्डेशनका मेडिकल कोर्डिनेटर महेश सिंह धामीले जानकारी दिए ।

उनले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट सबैभन्दा कम उम्मेरका १३ वर्षीय आशीष चौधरी फेला परेका छन् भने जिराभवानी गाउँपालिकाबाट सबैभन्दा बढी उम्मेरका ३१ वर्षीय हरेराम राम भेटिएको जानकारी दिए ।

बालबालिकामा हुने पोषणको कमी, ठेउला रोग र गर्भ अवस्थाका बेला महिलाले सेवन गर्ने कडा औषधिका कारण बालबालिकामा मोतिविन्दु हुने गरेको मेडिकल कोर्डिनेटर धामीले बताए ।

गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र बालबालिकाको प्रत्येक ६ महिनामा आँखाको परीक्षण गरे यो रोगबाट जोगिन सकिने उनको भनाइ छ ।

पर्सा जिल्लाका विभिन्न स्थानबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दु रोगीको फाउन्डेशनले निःशुल्क शल्यक्रिया गरेपछि उनीहरु अहिले आँखा देखिने भएका छन् ।
रासस

वि.सं.२०७७ पुस २९ बुधवार १७:२१ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...