back
CTIZAN AD

पश्चिमी वायु प्रवेश नगर्दा यस वर्षकोे हिउँदमा धेरै पानी नपर्ने

वि.सं.२०७७ माघ १ बिहीवार

669 

shares

१ माघ, काठमाडौँ । यसपालीको हिउँदमा हिउँदे वर्षा खासै नहुने हुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना छ । गएको हप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी पश्चिमी वायु प्रवेश नगर्दा देशका धेरै ठाउँमा सुख्खा बढेको छ ।

पोहोर यतिबेला दुईरतीन पटकसम्म हिउँदे वर्षा भएको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । उनकाअनुसार अहिले मौसम धुम्मिए पनि आउँदो एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । यही जनवरी महिनाको अन्तिमसम्ममा पश्चिमी वायुको शक्तिशाली प्रणाली प्रवेश गरे मात्रै पानी पर्ने उनको भनाइ छ । काठमाण्डौ उपत्यकामा साढे ३ महिनादेखि पानी परेको छैन । यसले गर्दा धुवाँ धुलो बढ्दै गएको छ ।
सुख्खा भएपछि आगलागीका घटना पनि बढ्ने भएकाले प्रदूषण अझै बढ्ने अनुमान गरिएको छ । यसपालि पश्चिमी वायुले ल्याउने प्रणाली पानी पर्ने खालको नभएकाले सबै ठाउँमा वर्षा नभएको मौसमविद् पौडेलले बताए ।नेपालमा पश्चिमी वायु प्रवेश गरे पनि पर्याप्त जलवाष्पयुक्त हावा नआएकाले वर्षा हुन नसकेको हो ।

अहिले बादल लागे पनि पानी पार्ने प्रणाली नहुँदा सुख्खा हावा मात्रै चल्ने गरेको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डाक्टर इन्दिरा कँडेलले पनि यसपालिको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको बताए ।

वि.सं.२०७७ माघ १ बिहीवार १२:२० मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...