back
CTIZAN AD

बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा, रियल मड्रीड र एथ्लेटिको क्लब भिड्दै

वि.सं.२०७७ माघ १ बिहीवार

717 

shares

१ माघ, काठमाडौं । स्पानिस सुपर कप अन्तरगत गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्दै फाइनमा प्रवेश गरेको छ । बार्सिलोना पेनाल्टी सुटआउटमा विजयी हुदै फाइनलमा प्रवेशमा गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेल १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बार्सिलोना ३-२ ले विजयी भएको हो ।

निर्धारित ९० मिनेटको खेलको पहिलो हाफको ३९औं मिनेटमा फ्रेंकी डे जोङले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको सोसिडाडले दोस्रो हाफको ५१औं मिनेटमा मिकेल ओयारजाबालको गोलबाट खेलमा फर्केको थियो ।

पेनाल्टी सुटआउटमा भने बार्सिलोनाका गोल रक्षक टेर स्टेगनले दुई पेनाल्टी बचादा बार्सिलोना विजयी भएको हो । बार्सिलोनाका लागि मिरालेम प्यानिच, ओसमान डेम्बेले र रिकार्ड पुइगले गोल गर्दा फ्रेंकी डे जोङ र एन्टोनी ग्रीजमन गोल गर्न चुकेका थिए । उता, सोसिडाडका मिकेल मेरिनो र एडनान जानुजाई बाहेका अन्य खेलाडीभने गोल  गर्नबाट चुक्दा हार बेहोर्न पुग्यो ।

रियल मड्रीड र एथ्लेटिको क्लब भिड्दै

सेमिफाइनलको दोस्रो खेलमा स्पेनिस च्याम्पियन रियल मड्रीड र एथ्लेटिक क्लब भिड्दै छन् । दोस्रो सेमिफाइन आज बेलुका १:४५ मा हुदै छ यी दुई टिम बिचको बिजेताले बार्सिलोनासँग जनावरी १७ मा स्टेडीयो ला कार्टुजामा फाइनल खेल खेल्ने छ।

वि.सं.२०७७ माघ १ बिहीवार १२:१९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...