back
CTIZAN AD

निर्वाचन आयोगभित्र ओलीको चलखेल, नेकपा विवाद हेरिरहेका सहसचिवकै गरियो सरुवा

वि.सं.२०७७ माघ १ बिहीवार

699 

shares

माघ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगभित्र नयाँ चलखेल सुरु गरेका छन् । नेकपाको आधिकारिक पक्ष कुन हो भनेर बहस चलिरहेको बेला आयोगमा कर्मचारीहरुको सरुवा गर्दै नयाँ चलखेल सुरु गरेका हुन् ।

ओलीले नेकपा विवाद हेरिरहेका लक्ष्मीप्रसाद गौतमको सरुवा गरिदिएका छन् । गौतमलाई अहिले कानून आयोगमा पुर्याइएको छ ।

गौतमको ठाउँमा सहसचिव पुष्कर सापकोटालाई ल्याइएको निर्वाचन आयोगले जनाएको छ । उनी ओली समर्थकको रुपमा पहिचान बनाएका कर्मचारी हुन् ।

आयोगमा अहिले नेकपाको आधिकारिकता र सूर्य चिन्ह कसले पाउने भन्ने विवादमा बहस चलिरहेको छ । जुन विवादमा ओली र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो दाबी राखेका छन् ।

प्रचण्ड–नेपाल पक्षले साबिक नेकपाको केन्द्रीय समितिको झण्डै दुई तिहाई सदस्यको हस्ताक्षर बुझाएको छ भने ओलीले पार्टी विभाजनपछि केन्द्रीय समितिलाई पुनर्गठन गर्दै समिति १५ सय १ सदस्यीय बनाउँदै बहुमत आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

ओलीको नियतमाथि शंका र षडयन्त्र देखियो – योगेश भट्टराई

कर्मचारी सुरुवा गरिएको विषय प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले ओलीले नयाँ षडयन्त्र गर्न खोजेको टिप्पणी गरेका छन् । मंगलबार राती ट्विट गर्दै उनले एकाएक कर्मचारीको सरुवा गरिनुमा षडयन्त्र देखिएको बताए ।

‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ, नियतमाथि शंका, षड्यन्त्रको आभास’, उनले भनेका छन् ।

वि.सं.२०७७ माघ १ बिहीवार १२:५५ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...