back
CTIZAN AD

बार्यन म्युनिख दोस्रो श्रेणीको होल्स्टिनसँग पराजित हुदा जर्मन कपबाट बाहिरियो

वि.सं.२०७७ माघ १ बिहीवार

651 

shares

१ माघ, काठमाडौं । होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा पराजित हुदै साविक विजेता बार्यन म्युनिख डीएफबी पोकल (जर्मन कप)को दोस्रो चरणबाटै बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा रोकिएपछि थप गरिएको ३० मिनेटमा पनि खेल बराबरीमानै रोकिदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । ९० मिनेटको खेलको १४औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै ३७औं मिनेटमा किएलका फिन बार्टेल्सले गोल गर्दै होल्स्टिनलाई खेलमा फर्काएका थिए । तर, पहिलो हाफको इन्जुरी समयको ४८ औं मिनेटमा लेराेय सानेले गोल गर्दै बार्यनलाई २-१ को अग्रता दिलाए ।

पहिलो हाफमा पछिपरेकाे होल्स्टिनका लागि दोस्रो हाफको इन्जुरी समयमा हउके वालले गोल गर्दै खेल २-२ को बराबरीमा पुराए । पछि थप गरिएको ३० मिनेटमा कुनै पनि टोलीले गोल गर्ननसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ६-५ ले बार्यनलाई पराजित गर्दै दोस्रो श्रेणीको क्लब होल्स्टिन किएलले जर्मन कपको तेस्रो चरणमा प्रबेश पाएको छ ।

पेनाल्टी सुटआउटमा बार्यनका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गर्दा छैटौ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका मार्क रोका गोल गर्नबाट चुक्दा प्रतियोगिताबाट बाहिरीएको हो ।

वि.सं.२०७७ माघ १ बिहीवार १३:०१ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...