back
CTIZAN AD

मेगा, कामना र एनएमबि बैंकको साधारणसभा सम्पन्न, कुनको लाभांश कति ?

वि.सं.२०७७ माघ १ बिहीवार

618 

shares

१ माघ, काठमाडौं । तीन वटा बैंकहरुले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । मेगा बैंक नेपाल लिमिटेड, कामना सेवा विकास बैंक र एनएमबि बैंकले बुधबार साधारण सभा सम्पन्न गरेका हुन्।

बैंकहरुको उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशसहित विभिन्न एजेण्डा पनि पारित गरेका छन् ।

कुनको लाभांश कति ?

मेगा बैंक नेपाल लिमिटेड

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो ।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैँया ६१ पैसा बोनस शेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंया १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकको १४ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी को ४.४० प्रतिशत बोनस सेयर दिने र त्यसमा लाग्ने करका लागि ०.२३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।

बुढानिलकण्ठको पार्क भिलेजमा सम्पन्न भएको साधारण्ष् सभामा ५५ प्रतिशत भन्दा बढी सेयरधनीको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंक

एनएमबि बैंकको २५ औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई १६.२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश सेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने प्रस्ताव पारितगरेको हो । बैंकले अधिकृत पूँजी १६ अर्बबाट बृद्धि भएर २० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

कोभिड–१९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

वि.सं.२०७७ माघ १ बिहीवार १३:०५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...