back
CTIZAN AD

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थानः नेपाल–भारत सम्बन्धका विषयमा छलफल हुने

वि.सं.२०७७ माघ १ बिहीवार

645 

shares

१ माघ, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ ।

मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नेछन् । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए ।

नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचारविमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ । सत्र महिनाअघि आयोगको पाँचाँै बैठक काठमाडौँमा भएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यो बैठक निर्धारित समयभन्दा पाँच महिनापछि हुन लागेको हो ।

वि.सं.२०७७ माघ १ बिहीवार १३:०८ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...