back
CTIZAN AD

ओली सरकारविरुद्व कांग्रेसले माघ ३ सबै स्थानीय तहमा प्रदर्शन गर्ने

वि.सं.२०७७ माघ १ बिहीवार

714 

shares

माघ १ गते, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्व कांग्रेसले आगामी माघ ३ गते शनिबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जनाएअनुसार कांग्रेसले आगामी शनिबार ७ सय ५३ स्थानीय तह स्तरमै विरोध प्रदर्शन गर्ने भएको हो ।

कांग्रेसले माघ ३ को प्रदर्शनको लागि नारा पनि तय गरेको छ । ‘जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्वमा ! उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा !’, कांग्रेसको नारा छ ।

संसद विघटनसँगै निर्वाचन घोषणा गर्ने सरकारको निर्णयमा कांग्रेस विभाजित छ । कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष निर्वाचनको पक्षमा भने देखिएका छन् । तर, कांग्रेसभित्रको रामचन्द्र पौडेल पक्ष भने संसद विघटन र निर्वाचन दुवैको विपक्षमा देखिएका छन् ।

तथापि, कांग्रेसले आन्दोलनका कार्यक्रमलाई भने निरन्तर अगाडि बढाईरहेको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १५:११ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...