back
CTIZAN AD

जहाजमा उड्नै छाडे यात्रु, अन्तराष्ट्रिय यात्रुको संख्यामा ७४ प्रतिशतले कमी

वि.सं.२०७७ माघ १ बिहीवार

768 

shares

१ माघ, काठमाडौं । एयरलाइन्स कम्पनीहरुले उडान सुचारु गरेपनि हाल यात्रु संख्यामा भने निकै कमी आएको छ । कोभिड-१९ का कारण लामो समय ग्राउण्डेड भएका एयरलाइन्स कम्पनीकाे जहाजहरुले उडान अनुमति पाएसँगै केहि रातहुने अनुमान गरेका थिए । तर, यात्रुहरुले यात्रा गर्नै छाडेपछिभने उनीहरु निरासिएका छन् ।

सन् २०१९ को तुलनामा २०२० मा हवाइयाात्रा गर्ने यात्रु संख्यामा उल्लेख्य गिरावट आएको छ । अन्तराष्ट्रिय तर्फ सन् २०१९ मा ४१ लख ३८ हजार ५६३ यात्रुले यात्रा गरेकोमा २०२० मा १९ लाख ५ हजार ३२६ जना यात्रुले मात्र यात्रा गरेका छन् । तुलनात्मक रुपमा पछिल्लो वर्ष अघिल्लो वर्षको तुलनामा ७४ प्रतिशतले यात्रुको संख्यामा गिरावट आएको हो ।

आन्तरीक उडान तर्फपनि २०१९ मा ३१ लाख ६७ हजार ३६ यात्रुले यात्रा गरेकोमा २०२० मा १४ लाख ५७ हजार ५३९ जना यात्रुले मात्र यात्रा गरेका छन् । अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष ५५ प्रतिशगले यात्रु संख्यामा कमि आएको देखिन्छ ।

कुन एयरलाइन्सले कति यात्रु पाए ?
नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने तीन ठुला अन्तराष्ट्रिय एयरलाइन्समध्ये नेपाल वायुसेवा निगतले सबैभन्दा बढि यात्रु पाएको छ । नेवानीले सन् २०१९ मा ७ लाख ३५ हजार यात्रुलाई यात्रा गराएकोमा २०२० मा २ लाख ७३ हजार यात्रुलाई मात्र यात्रा गराएको छ ।

नेपाली हवाइक्षेत्रमा दोस्रो ठुलो हिस्सा वगटेको कतार एयरलाइन्सले २०१९ मा ४ लाख ६२ हजार यात्रु पाएकोमा २०२० मा १ लाख ७५ हजार यात्रुलाइ मात्र यात्रा गराएको छ । त्यस्तै, अर्को ठुलो वायुसेवा कम्पनी फ्लाई दुबाईले २०१९ मा २ लाख ७४ हजार यात्रुलाइ यात्रा गराएकोमा २०२० मा ७२ लाख यात्रुलाई मात्र यात्रा गराएको छ ।

आन्तरिक एयरलाइन्सको अवस्था पनि उस्तै
आन्तारिक हवाइक्षेत्रमा वर्चस्व जमाएको वुद्ध एयरमा सन् २०१९ मा १५ लाख ९१ हजार यात्रुले यात्रा गरेका थिए । २०२० मा भने ७ लाख ६५ हजार यात्रुले मात्रयात्रा गरेका छन् । वुद्ध पछि यति एयरबाट २०१९ मा ८ लाख ३३ हजार यात्रुले यात्रा गरेका थिएभने २०२० मा ३ लाख ८० हजार यात्रुले मात्रयात्रा गरेका छन् । त्यस्तै, श्री एयसलाइन्सबाट २०१९ मा ४ लाख ७५ हजार यात्रुले यात्रा गरेका थिएभने २०२० मा २ लाख ३० हजार यात्रुले मात्रयात्रा गरेका छन् ।

समग्रमा अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुको यात्रु संख्यामा ७४ प्रतिशत भन्दाबढीले कमी आएकोमा आन्तरीक उडान गर्फ ५५ प्रतिशग भन्दा बढीले यात्रु संख्यामा कमी आएको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १६:११ मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...