back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा माघ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १ बिहीवार

804 

shares

१ माघ, काठमाडौं । नेपालमा विहिबार (१ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख २ हजार ४१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ३२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,४२६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,३०२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,१२४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १५२ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, बागमती प्रदेशमा ५३, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेश र सुदूरपश्चिममा २/२ जना गरी जम्मा १५२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ७ जना र सुदूरपश्चिममा १ गरी जम्मा ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुम पश्चिम, मुगु र बाजुरा रहेको छ ।

आज थपिएका ४०३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । साथै आज ४०५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९४३ पुगेको छ ।

आज देशैभरी थपिए ४०३ कोरोना संक्रमित,४०५ जना निको, ६ जनाको मृत्यु
नेपालमा आज देशैभरी ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २४६ जनासहित देशैभरी ४०३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १६१ र २४२ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा २० जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा २४२ जना, गण्डकी प्रदेशमा ६१ जना, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ९ जना रहेका छन् ।

आज थपिएका ४०५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६० हजार १७७ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १,१२४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ८, बागमती प्रदेशमा ७०३ गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ५८ जना गरी ११२४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,३०२ जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा आज (पुस अन्तिम) सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १ बिहीवार १६:३३ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...