back
CTIZAN AD

प्रदेश सरकारको काम प्रभावकारी देखिएन, कार्यक्षेत्र र अधिकारको पुनरबिचार गरौँ: नेता बस्नेत

वि.सं.२०७७ माघ १ बिहीवार

825 

shares

१ माघ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले प्रदेश सरकारको हालको अधिकार क्षेत्रलाई पुनरबिचार गर्नुपर्ने धारणा राखेका छन् । उनले हाल रहेको प्रकृयालाई परीमार्जन गरि स्थानिय सरकारका प्रतिनिधिहरुले प्रदेश सरकार निर्माणमा भुमिका खेल्न सक्ने व्यवस्था  गर्नुपर्ने धारण राखे।

उनले हाल नेपालमा रहेको तीन तहको सरकारमध्ये केन्द्र र स्थानीय तहको काम प्रभावकारी बनेपनि प्रदेश सरकारको काममा प्रभावकारीता नदेखिएकाले यो व्यवस्थाको पुनरमुल्याङकन गर्नुपर्ने बताएका हुन् । उनले भने,‘स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभा सदस्यको मान्यता दिऔं र उहाँहरुबाट निर्वाचित प्रदेश सभाबाट एउटा सरकार बनाऔं ।’

उनले प्रदेश सरकार भनेको केन्द्र र स्थानिय निकायको समन्वयनकारी भुमिका निर्वाह गर्ने निकायको रुपमा मात्र राख्नुपर्ने धारण समेत राखेका थिए । उनले भने, ‘त्यसरी बन्ने सरकारले संघीय सरकार र स्थानीय तहको बजेटमा समन्वय गर्ने, स्थानीय तहका कामको मनिटरिङ तथा विकासको पहल गरोस् ।’

साथै उनले अबको एजेण्डाको रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुन पर्ने र दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था ल्याउन पर्ने आवसेकता रहेको पनि बताए ।

वि.सं.२०७७ माघ १ बिहीवार १६:४६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...