back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा आज (पुस अन्तिम) सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २९ बुधवार

783 

shares

२९ पुस, काठमाडौं । नेपालमा बुधबार (२९ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ९९ हजार ७०७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार १५४ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,४३४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,३२७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,१०७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १४४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १, बागमती प्रदेशमा ५६, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेश र सुदूरपश्चिममा २÷ जना गरी जम्मा १४४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ७ जना र सुदूरपश्चिममा १ गरी जम्मा ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला ताप्लेजुङ, कालिकोट, रुकुम पश्चिम, मुगु र बाजुरा रहेको छ ।

आज थपिएका ४४५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६६ हजार १४२ पुगेको छ । साथै आज ४१४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९३७ पुगेको छ ।

आज देशैभरी ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना निको, ५ जनाको मृत्यु
नेपालमा आज देशैभरी ४४५जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार १५४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २४६ जनासहित देशैभरी ४४५ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८४ र २६१ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा २२ जना, प्रदेश २ मा ३२ जना, बागमती प्रदेशमा २७५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा ६६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

आज थपिएका ४४५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४१४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ५जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९३७ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १,१०७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ८, बागमती प्रदेशमा ७१९ गण्डकी प्रदेशमा ८४, लुम्बिनी प्रदेशमा २०७, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी ११०७ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,३२७ जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २९ बुधवार १६:४७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...