back
CTIZAN AD

सिडिओ र सुरक्षा प्रमुखलाई ‘हाई अलर्ट’

वि.सं.२०७७ पुस २९ बुधवार

831 

shares

२९ पुष, काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारको निर्णयपछि उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई डाकेर उच्च सतर्क रहन निर्देशन दिएको छ ।

संसद् विघटनको पक्ष र विपक्षमा भइरहेको प्रदर्शन तथा विरोधका कार्यक्रमबाट उत्पन्न परिस्थितिबीच मानवअधिकारको संरक्षण र सम्बर्धनमा गम्भीर असर पर्नसक्ने पूर्वानुमानसहित आयोगले गत शुक्रबार जिल्ला सुरक्षा प्रमुखसँग छलफल गरेको थियो ।

यस विषयमा आयोगको प्रदेश कार्यालयबाट विरोध र प्रदर्शनको नजिकबाट अनुगमनसमेत भइरहेको छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर विभिन्न राजनीतिक दल, समूह तथा नागरिक समाजले देशव्यापीरुपमा थप विरोध र प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आयोगले सम्भावित जनधनको क्षतिलाई रोक्न, नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवं शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने, भेला हुन पाउने अधिकारको सम्मान गर्न, प्रदर्शनको क्रममा न्यूनतम बल प्रयोगका सिद्धान्तको पालना गर्न निर्देशन दिएको छ ।

आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने स्थिति सृजना हुन नदिन काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका ढुण्डिप्रसाद निरौला, दुवै जिल्लाका प्रमुखहरु, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह र किरण बज्राचार्यलाई छलफलमा डाकिएको थियो । बु्धबारको जनआस्था साप्ताहिकबाट

वि.सं.२०७७ पुस २९ बुधवार १६:५८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...