back
CTIZAN AD

नेपाल ओपनमा २९ राष्ट्रका १ हजार ३ सय खेलाडी

वि.सं.२०७७ माघ २ शुक्रवार

555 

shares

२ माघ, काठमाडौँ । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक नवीनकुमार श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए । इरान, सिरिया र रुवान्डामा अनाथ बालवालिका, हिंसा पीडित र शरणार्थी खेलाडीलाई निःशुल्क खेलाइने छ । पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ । कोभिड– १९ को अवस्थामा हरेक उमेरसमूहका खेलाडी चलायमान बनाउने उद्देश्यले प्रतियोगितामा धेरै स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक श्रेष्ठले बताए ।

पुरुष/महिलामा उत्कृष्ट खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । त्यस्तै ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ । यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ६० हजार रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १०:३६ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...