back
CTIZAN AD

सूर्योदय र डाफोडिल बास्केटबल प्रतियोगिता प्रि–क्वाटरफाइनलमा

वि.सं.२०७७ माघ २ शुक्रवार

738 

shares

२ माघ, काठमाडौँ । सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ अङ्कले पराजित गर्यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ अङ्कले तथा विल्सनलाई १६–१० अङ्कले हरायो ।

ब्वाइजतर्फ नै मिलन ‘ए’, ‘बी’ र ‘डी’, भीएस निकेतन कलेज ‘ए’, रोशन, मनास्लु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआइए, टिम रावत र ओमेगा टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी गल्र्सतर्फ सूर्योदय, साइपाल, लिम्पिया, भीएस निकेतन कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

उक्त प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गल्र्सतर्फ १६ टोली सहभागी छन् ।

ब्वाइजतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रोले रु पाँच हजार तथा गल्र्सतर्फ पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु आठ हजार र तेस्रो हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।
रासस

वि.सं.२०७७ माघ २ शुक्रवार ११:४९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...