back
CTIZAN AD

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक, आन्दोलनका कार्यक्रमबारे छलफल चल्दै

वि.सं.२०७७ माघ २ शुक्रवार

747 

shares

माघ २, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । बैठक बिहान साढे ११ बजेदेखि सुरु भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।

बैठकमा संसद विघटनविरुद्व घोषणा भएका आन्दोलनका कार्यक्रमबारे छलफल चलिरहेको उनले जानकारी दिए । उनका अनुसार बैठकमा माधव नेपाल नेतृत्वको कार्यदलको बारेमा पनि छलफल चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेका थियो । यसअघि नेकपाले माघ २३ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

स्थायी समिति बैठकमा घोषित कार्यक्रमलाई थप प्रभावकारी र शसक्त कसरी बनाउने भन्ने विषयमा छलफल चलिरहेको शाहले जानकारी दिए । उनका अनुसार बिहिबारदेखि सुरु बैठक आज (शुक्रबार) नै सक्ने गरि तयारी पनि भईरहेको छ ।

बैठकमा नेकपाका २८ स्थायी समिति सदस्य छन् । एकिकृत अवस्थामा रहँदा नेकपाको स्थायी समिति ४५ सदस्यीय थियो ।

वि.सं.२०७७ माघ २ शुक्रवार १२:३९ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...