back
CTIZAN AD

मूल्य अभिवृद्धि कर र आयकरमा सुधार हुने

वि.सं.२०७७ माघ २ शुक्रवार

750 

shares

२ माघ, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष आवको छ महिनाको अवधिमा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ ।

गत वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आवमा सो अवधिमा गएको वर्षभन्दा रु ३७ करोड ४४ लाख ३४ हजारले बढी राजस्व सङ्कलन गर्न सफल भए पनि चालु आवमा लक्ष्य हासिल गर्न रु दुई करोड ५५ लाख ५४ हजार अपुग रहनुको कारण अन्तःशुल्कमा कमी आएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

गत वर्षमा सोही अवधिमा कार्यालयले रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजस्व सङ्कल गर्ने लक्ष्यमा रु ९८ करोड १० लाख ४६ हजार कम राजस्व सङ्कलन भएको थियो ।

आव २०७५÷७६ मा कार्यालयले सो अवधिमा रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार, आव २०७४÷७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व सङ्कलन भएको थियो ।

तुलनात्मक रुपमा कार्यालयले चालु आव २०७४÷७५ को भन्दा रु एक अर्ब ४२ करोड ४३ लाख ४४ हजार, आव २०७५÷७६ को भन्दा रु ७० करोड ८४ लाख तीन हजार र आव २०७६÷७७ को भन्दा रु ३७ करोड ४४ लाख ३४ ले बढी राजस्व सङ्कलन गर्न सफल हुनुमा कार्यालयले कडा मेहनत, अनुगमन र क्रियाशीलताले बढाएको प्रमुख सापकोटाले बताए ।

चालु आवमा सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ५३ करोड ८७ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर रु एक अर्ब १४ करोड १९ लाख ८९ हजार, अन्तःशुल्क रु एक अर्ब २० करोड ८९ लाख ६३ हजार छन् ।

अन्तःशुल्कतर्फ चालु आवको छ महिनाको अवधिमा रु दुई अर्ब तीन करोड ४४ लाख २३ हजार सङ्कलन गर्ने लक्ष्यमा रु ८२ करोड ५४ लाख ६० हजारले कम सङ्कलन हुनुको कारण मादकपदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोवार नहुनु रहेकोे प्रमुख सापकोटाले जानकारी दिए ।

कार्यालयले चालु आवमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धि करमा १५९ प्रतिशत र अन्तःशुल्कमा ५९ प्रतिशत प्रगति हासिल गरेको छ ।

अहिले मुलुकको अवस्था सामान्य रहेको, व्यापारिक क्रियाकलाप पनि बढी रहेको, निर्माणका कार्यहरु पनि शुरु भएको अवस्थामा र कारोना महामारीको अवस्थामा पनि व्यापार व्यवसाय सञ्चालनमा आएकाले आउने दिनमा अन्तःशुल्कमा पनि सुधार हुने कार्यालयले जनाएको छ ।
रासस

वि.सं.२०७७ माघ २ शुक्रवार १२:५९ मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...