back
CTIZAN AD

ओली सरकारविरुद्वको प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपिल (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ २ शुक्रवार

714 

shares

माघ ३, गते काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निर्णयविरुद्व आव्हान गरिएको प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उनले कांग्रेस सम्बद्ध सबै नेता तथा कार्यकर्ता र सुभेच्छुकलाई आन्दोलनमा सहभागीताको लागि अपिल गरेका हुन् ।

‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं, संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ, पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, देउवाले विज्ञप्तीमार्फत भनेका छन् ।

कांग्रेसले माघ ३ गते (भोली) स्थानीय तह केन्द्रीत प्रदर्शन गर्दैछ । यसअघि कांग्रेसले पुस १३ मा संघीय निर्वाचन क्षेत्र र पुस २५ मा प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत प्रदर्शन गरिसकेको छ ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्व कांग्रेस निरन्तर आन्दोलनमा छ । तर, कांग्रेस विघटनविरुद्व आन्दोलनमा भएपनि निर्वाचनको घोषणामा भने सहमत देखिएको छ ।

यस्तो छ देउवाले सार्वजनिक गरेको अपिल

वि.सं.२०७७ माघ २ शुक्रवार १३:०४ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...