back
CTIZAN AD

पैँयुमा पहिरोको उच्च जोखिममा रहेकाहरुको घर निर्माणका लागि सहयोगको आव्हान

वि.सं.२०७७ माघ २ शुक्रवार

702 

shares

२ माघ, पर्वतं । पर्वतको पैँयु गाउँपालिका वडा नं ५ को भुर्तेलथोकको आरुगैह्रामा रहेको दलित वस्ति निर्माणका लागि विहिबार शिलान्यास गरिएको छ ।

पहिरोको उच्च जोखिममा रहेको र आर्थिक अवस्था पनि नाजुक भएका उक्त वस्तिका नागरिकको घर निर्माणका लागि आर्थिक सहयोगको आव्हान समेत गरिएको छ ।
विहिबार स्थानिय बासिन्दाहरुको उपस्थितिमा पैयु गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङ र पैयूँ गाउँपालिका वडा नं ५ का अध्यक्ष उमाकान्त भुर्तेलले उक्त निर्माणधीन वस्तिको शिलान्यास गरेका हुन् ।

उक्त सुरक्षित घर निर्माणको कार्य सुरु गरेको ‘द निर्भिक नारायण फाउन्डेशन’का अध्यक्ष निर्भीक नारायण भुर्तेलले आर्थिक सहयोगका लागि देश तथा विदेशमा रहेका नेपालीहरु समक्ष अपिल गरेका छन् ।

अध्यक्ष भुर्तेलले २०७८ जेठ मसान्तसम्म सम्पन्न गरिने उक्त निर्माण कार्यका लागि सबैको सहयोग अपरिहार्य रहेको भन्दै यसअघि अभियान सफल बनाउनका लागि आर्थिक सहयोग गर्ने कबुल गर्ने र तथा सहयोग गर्न इच्छुक व्यक्तित्वहरुलाई निम्न खातामा रकम जम्मा गरिदिन समेत अनुरोध गरेका छन् ।

AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001

 

वि.सं.२०७७ माघ २ शुक्रवार १२:४५ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...