back
CTIZAN AD

‘किसानमैत्री राज्य बनाउन किसान नै एकजुट हुनुपर्ने’

वि.सं.२०७७ माघ २ शुक्रवार

768 

shares

२ माघ, भक्तपुर । अष्ट ज अभियान नेपालका महासचिव निलकण्ठ तिवारीले किसानमैत्री राज्य बनाउन किसान नै एकजुट हुनुपर्ने बताएका छन् ।

भक्तपुरको मध्युपर ठिमिमा आयोजित तीनदिने च्याउ तालिमको शुभारम्भमा बोल्दै तिवारीले नेपालको समृद्दि माटो र हावापानीको व्यवसायिकतामा रहेको जोड दिँदै उत्पादनमैत्री वातावरणका लागि दवाव शसक्त बनाउनुपर्ने धारणा राखेका थिए ।

मसरुम सीड नेपाल एण्ड रिर्सच सेन्टर प्रा.लि आयोजक, प्रेस मसरुम एण्ड एग्रो प्रा.लि व्यवस्थापन र ख्वप अग्रो एण्ड रिर्सर्च सेन्टर प्रा.लि को प्राविधिक सहयोग रहेको सो तालिमको शुभारम्भमा उनले अष्ट ज अभियानले गरेका प्रयासका साथै कृषिमा विदेशी लगानीले निम्त्याउने संकट बारे चर्चा गरेका थिए । रामदेवका नाउँमा नेपाली जडिबुटी उद्यमी निराश र पलायन भैरहेको तर्फ प्रष्ट पार्दै उनले नेपालको माटो र खान्की संप्रभूता नष्ट पार्ने ध्येयका साथ विचौलियाद्धारा हतारमा गराइएको पछिल्लो निर्णय फिर्ता लिन पनि सरकारसँग अनुरोध गरेका थिए ।

अष्ट ज अभियन्ता तथा भक्तपुरका नमुना कृषि उद्यमी ‘आकाशवादे’ को सभापतित्वमा सम्पन्न सो शुभारम्भ समारोहमा मध्यपुर ठिमी नगरपालिकाकी कृषि शाखा प्रमुख होमादेवी उप्रेतीले साधन श्रोतको सिमितताका बाबजूत कृषकहरुको शसक्तिकरणमा आफूहरु लागि परेको बताएकी थिइन् ।

कार्यक्रममा फ्रेश मसरुमका राजु केशी र ख्वप एग्रोका रमेश बैद्यले प्रशिक्षणबाट अपेक्षित परिणाम बारे चर्चा गरेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका अभियन्ता आकाश वादेले सो प्रशिक्षणमा बाजुरा, रुकुम, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, भक्तपुर, ललितपुर, अर्घाखाँची, तेह्रथुम धादिङ र काठमाडौंका गरी १८ जना प्रशिक्षार्थीलाई तालिम दिइने बताएका छन् ।

 

वि.सं.२०७७ माघ २ शुक्रवार १५:१५ मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...