back
CTIZAN AD

सरकारी सेवा अब मोबाइलबाटै, सरकारले सार्वजनिक गर्यो ‘नागरिक एप’

वि.सं.२०७७ माघ २ शुक्रवार

1.1K 

shares

माघ २, काठमाडौं । सरकारले ‘नागरिक एप’लाई परिक्षण प्रसारणको रुपमा सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकार प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले एपको बिटा भर्सन सार्वजनिक गरेका हुन् ।

‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नारासहित सार्वजनिक गरिएको एपबाट सहज रुपमा सरकारी सेवा लिन सकिने गुरुङले जानकारी दिए । ‘सरकारका सबै सेवालाई डिजिटलाईज गरी सबै सेवालाई एकै प्लेटफर्मबाट दिने उद्देश्यले एपको सुरुवात गरिएको हो’ मन्त्री गुरुङ्गले भने, ‘यसबाट पानदेखि नागरिकता, राहदानी, शैक्षीक प्रमाणपत्र र मतदाता प्रमाणपत्रबारे पनि सेवा लिन सकिनेछ ।’

उनले जानकारी दिएअनुसार एपबाट नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा भएको आफ्नो खाताबारे पनि जानकारी लिन सकिनेछ । हेलो सरकारलाई गुनासो गर्न एपबाटै सकिने उनले जनाए ।

विदाको दिन पनि एपबाट सरकारी सेवा लिन सकिने मन्त्री गुरुङले जानकारी दिएका छन् । उनका अनुसार एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, चालक अनुमती पत्रलगायत सेवाहरु पनि थप हुनेछ । अहिले परिक्षणको रुपमा मात्रै अगाडि बढाइएको उनले बताए ।

एप प्रयोगबारे सरकारले छिट्टै नै कार्यविधि ल्याउने गुरुङले जानकारी दिएका छन् । एपले दुरदराजका नागरिकलाई निकै सहज हुने उनको भनाई छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १६:१९ मा प्रकाशित

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...