back
CTIZAN AD

नेपालमा कोरोनाका सक्रिय संक्रमित ४३०१ मात्रै, यस्तो छ हालसम्मको अन्य विवरण

वि.सं.२०७७ माघ २ शुक्रवार

771 

shares

२ माघ, काठमाडौं । नेपालमा शुक्रबार (२ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ५ हजार १२५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ८४ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४३०१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,३०७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९९४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १६५ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा ६३, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिममा १ जना गरी जम्मा १६५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ७ जना र सुदूरपश्चिममा १ गरी जम्मा ३८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुम पश्चिम, मुगु रहेको छ ।

आज थपिएका २७० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । साथै आज ३९० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९४८ पुगेको छ ।

आज देशैभरी २७० जनामा कोरोना संक्रमण, ३९० जना निको, ५ जनाको मृत्यु
नेपालमा आज देशैभरी २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ८४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १७२ जनासहित देशैभरी २७० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९० र १८० जना पुरुष रहेका छन् ।

आज थपिएका २७० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६० हजार ५७६ पुगेको छ । निको हुनेको यो दर ९७.७ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९४८ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १३, बागमती प्रदेशमा ५९१ गण्डकी प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा २२७, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ५८ जना गरी ९९४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,३०७ जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा माघ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २ शुक्रवार १६:१३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...