back
CTIZAN AD

संवैधानिक इजलासमा उठ्यो प्रधानमन्त्रीले न्यायाधीशहरुसँग गरेको गोप्य भेटको कुरा

वि.सं.२०७७ माघ २ शुक्रवार

897 

shares

माघ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक इजलासमा सहभागी न्यायाधीशहरुसँग गरेको गोप्य भेटप्रति रिट निवेदकले प्रश्न उठाएका छन् । शुक्रबार बसेको संवैधानिक इजलासमा रिट निवेदक तथा विघटित प्रतिनिधि सभा सदस्य शशी श्रेष्ठले न्यायाधीशहरुले गरेको सामुहिक भेटप्रति प्रश्न गरेकी हुन् ।

उनले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा सहभागी न्यायाधीशहरुले गरेको भेट गम्भीर रहेको बताईन् । ‘न्यायाधीशहरु प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ’, उनले भनिन्, ‘यस्ता गतिविधिले जनतामा न्यायालयप्रति विश्वास टुट्छ ।’

इजलासमा सहभागी न्यायाधीशहरु सपना प्रधान मल्ल, दिपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले पुस २६ र २७ मा प्रधानमन्त्री ओलीसँग भेट गरेको विषय बाहिरिएको छ । सार्वजनिक भएको विषयअनुसार पुस २६ को राती ओलीले दिपक कार्की र मिरा खड्कासँग भेट गरेका थिए भने पुस २७ दिउसो हरिकृष्ण कार्की र सपना मल्लप्रधानसँग भेट गरेका थिए ।

रिट निवेदक श्रेष्ठले प्रधानमन्त्री र न्यायाधीशहरुको भेटबारे प्रश्न उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने ‘यस्ता कुरा नगर्नुस्’ भन्दै रोक्न खोजेका थिए ।

वि.सं.२०७७ माघ २ शुक्रवार १६:४७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...