back
CTIZAN AD

धर्नामा रहेका स्वास्थ्यकर्मीद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक (हेर्नुस् विज्ञप्ति)

वि.सं.२०७७ माघ २ शुक्रवार

906 

shares

२ माघ, कलैया । कोरोना जोखिम भत्ता र अस्पताल सेवा सुधारको माग गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले आफूहरुको मागको सम्बोधन भएको भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

कलैया अस्पतालमा कोरोना जोखिम भत्ता र अस्पताल सेवा सुधारको माग गर्दै पुष २८ गते देखि धर्नामा बस्दै आएका उनीहरुले सरकारका तर्फबाट कुनै सम्बोधन नभएपछि पुनः विज्ञप्ति जारी गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य जस्तो संवेदनशिल संस्थाको समस्यामा बेवास्ता गरिएको भन्दै चिसो मौसममा पनि बिरामीलाई सेवा दिनबाट आफूहरुलाई बञ्चित गराउन बाध्य पारिएको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्यकर्मीहरुको जायज र संवेदनशिल मागलाई बेवास्ता गरिनु खेदपूर्ण भएको जनाउँदै उनीहरुले शान्तिपूर्ण धर्नालाई अझ सशक्त बनाउन माघ ४ गते आइतबारदेखि माघ ११ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसअनुसार माघ ४ गते देखि अस्पताल प्रशासन, प्रयोगशाला, ड्रेसिङ्ग, एक्सरे पूर्ण रुपमा बन्द गर्दै जाने, माघ ६ गते देखि Medico-Legal(postmortem शव परीक्षण जस्ता सेवाहरु बन्द गर्दै जाने र माघ ११ सम्म पनि माग सम्बोधन नभए आकस्मिक तथा प्रसुति र ARV (Anti Rabies Vaccine)सेवा पनि बन्द गर्ने र सम्पूर्ण अस्पतालको सेवा नै ठप्प गरी अनिश्चितकालिन धर्नामा बस्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १७:०२ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...