back
CTIZAN AD

कर्नाटकमा बस र ट्रक ठोक्किदा एघारको मृत्यु, सात घाइते

वि.सं.२०७७ माघ २ शुक्रवार

750 

shares

२ माघ, मुम्बाई । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ ।

समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएर एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ ।

सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ ।

सो दुर्घटनास्थल बैंगलुरबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ ।

ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।
सिन्हवा

वि.सं.२०७७ माघ २ शुक्रवार १७:२७ मा प्रकाशित

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...