back
CTIZAN AD

कर्णाली प्रदेशमा जसपाको साङ्गठनिक एकता घोषणा

वि.सं.२०७७ माघ ३ शनिवार

651 

shares

३ माघ, कर्णाली । राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी जनता पार्टी सजपा बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा गरे ।

दुई पार्टी एकतापछि पदाधिकारीमा तत्कालीन राजपाका पाँच र समाजवादीका १० सहित १५१ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको छ । राजपाले प्रदेश अध्यक्षसहित ४० र समाजवादीले मुख्यसचिवसहित १११ सदस्य पाएका छन् ।

प्रदेश अध्यक्षमा देवीकृष्ण न्यौपाने, उपाध्यक्षमा दिलकुमारी खड्का, प्रेम बोहरा, लाले कुमाल, भरत खत्री, पवित्रराज शर्मा, ऐवीर मिजार, लीला सिजापति, मुख्यसचिवमा चन्द्रा विक, सचिवमा राजेश पुन, छविलाल गौतम, सन्तोषी विक, राजेन्द्र शाही र कोषाध्यक्षमा नगेन्द्रबहादुर शाही चयन भएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सचिव शाहले आफूहरु वैकल्पिक शक्तिका रूपमा स्थापित हुन पार्टी एकता गरेको बताउँदै संविधानले नेपाली समाजको पहिचानलाई सम्बोधन नगरेकाले त्यसको संशोधन हुन जरुरी रहेको विचार व्यक्त गरे ।

साथै उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीमा जाँदा अहिलेको अस्थिरता हट्ने बताए ।
रासस

वि.सं.२०७७ माघ ३ शनिवार १२:४० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...