back
CTIZAN AD

नवनिर्वाचित सङ्घको टोली निर्माणाधीन विमानस्थलमा

वि.सं.२०७७ माघ ३ शनिवार

672 

shares

३ माघ, कास्की । पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको टोलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । पर्यटकीय नगरी पोखराको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिएको विमानस्थलको निर्माणमा चासो दिदै सङ्घले शुक्रबार स्थलगत निरीक्षण गरी भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको हो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला नेतृत्वको टोलीले निर्माणमा भइरहेको प्रगति, त्यसको अवस्थालगायतका विषयमा जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराए । सङ्घका अध्यक्ष कोइरालाले विमानस्थल निर्माणका लागि पोखरा उद्योग वाणिज्य सङ्घले २०३३ सालदेखि गरेको पहल र त्यस यताका रिले अनशनलगायतको स्मरण गर्दै निर्धारित मितिमा विमानस्थल सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।

विमानस्थल तोकिएकै मितिमा सञ्चालनमा आए कोरोनाका कारण थलिएको पर्यटन व्यवसायसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने उनको भनाइ छ । विसं २०३२ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले विमानस्थल निर्माणका लागि समयसमयमा प्रधानमन्त्री, पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल एवं अन्तक्र्रिया गर्दै आएकामा निर्माण कार्य अघि बढ्न नसकेपछि सङ्घले बाध्य भएर विसं २०६८ मा रिले अनशनको नेतृत्व गरेको थियो । सङ्घको अगुवाइमा भएको रिले अनशनमा पोखराका अधिकांश सङ्घसंस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य सङ्घले ऐक्यबद्धता जनाएका थिए ।

वि.सं.२०७७ माघ ३ शनिवार १३:१४ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...