४ माघ, काठमाडौं । नेपालको सुन्दर तथा पर्यटकीय शहर पोखरामा डेढ अर्ब भन्दा बढी लगानीमा अपार्टमेन्ट निर्माण हुने भएको छ । अपार्टमेन्ट २ लाख ६७ हजार ९६४ वर्गफिट क्षेत्रफलमा निर्माण हुन लागेको हो ।
कास्की जिल्लाको पोखरा महानगर वडा नम्बर १८ मा निर्माण हुन लागेको उक्त अपार्टमेन्ट निर्माणका लागि १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । अपार्टमेन्ट जय भद्रकाली डेप्लपर्सले निर्माण गर्नेछ ।
कम्पनीले यसका लागि उद्योग विभागमा पुस २९ गते दर्ता गरेको छ ।
वि.सं.२०७७ माघ ४ आइतवार १२:२१ मा प्रकाशित






























