४ माघ, काठमाडौं । गरिमा विकास बैंकले १४औं वार्षिक साधारण सभा माघ ३० गते हुने भएको छ । उक्त सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा १०ः३० बजे हुने भएको छ ।
सभाले १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १२ गते देखि ३० गते सम्म बन्द रहनेछ । माघ ११ गते सम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।
वि.सं.२०७७ माघ ४ आइतवार १३:०४ मा प्रकाशित






























